Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आराम गरे पनि किन थकाइ लागिरहन्छ ?

आराम गरे पनि किन थकाइ लागिरहन्छ ?


  • 9.4K
    Shares

    • images
    आराम गरे पनि किन थकाइ लागिरहन्छ ?
    images

    तपाईं मज्जाले सुते पनि थाकेको जस्तो अनुभव गर्नुहुन्छ ? व्यायाम गर्दा पनि, सही खानेकुरा खाँदा पनि तरोताजा अनुभव गर्नुहुन्न ?

    दिनभरि आराम गरे पनि टाउको भारी भए जस्तो हुन्छ रु त्यसो भए तपाईं क्रोनिक फटिग सिन्ड्रोमको शिकार हुनुभयो । 

    यो सिन्ड्रोमले मानिसलाई लगातार थकान गराइरहन्छ । विशेषगरी रोगप्रतिरोधक क्षमता कमजोर भएका मानिसलाई यसले सताउँछ । तपाईं जतिखेर पनि थाकेको अनुभव गर्नुहुन्छ र केही काम गर्न पनि मन लाग्दैन । 

    यसले शारीरिकका साथै मानसिक थकान गराउँछ । जति आराम गरे पनि फ्रेश अनुभव हुँदैन । यो ६ महिनासम्म रहन सक्छ । शरीरको स्थिति नै यसले बिगारिदिन्छ । 

    भाइरल इन्फेक्सन फैलाउने ब्याक्टेरियाले पनि यो सिन्ड्रोम गराउँछ । 

    हर्मोनको असन्तुलन हुँदा पनि यो रोग लाग्छ । 

    तनाव लगायतका मनोवैज्ञानिक कारणले पनि यो रोग लगाउँछ । 

    शरीरमा यस्तो समस्या ६ महिनाभन्दा बढी देखिएमा तत्कालै चिकित्सकहरूलाई देखाउनुहोला । चिकित्सकको सल्लाहविना कुनै पनि औषधि खानुहुँदैन । 

    यो हुन नदिन भिटामिन डीको उपयोग अत्यन्तै जरूरी छ । भिटामिन डीले शरीरमा ऊर्जा भर्छ । दूध, दही, तोफु, च्याउु सुन्तला, पालुंगो पनीर, सोयाबीन खाने गर्नुस् । घाममा बस्ने गर्नुस् । 

    मज्जाले आठ घन्टा सुत्ने गर्नुस् । 

    तारेको खानेकुरा नखानुस् । 

    दिनदिनै व्यायाम गर्नुस् । 
     

    योगध्यान गरिरहनुस् । अनुलोम विलोम र प्राणायामले यो रोग हटाउन सहायता गर्छ । 

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १३:३४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij