२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता १८ वर्ष पुगेको सबै नागरिकले खोल्न मिल्ने छ ।
चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता ५ हजार रुपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने छ । खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम ब्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुने व्यवस्था छ ।
खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा पाउने , सांग्रिला डेभलपमेन्ट बैंकको कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउने छ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुने बैंक जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij