Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक


  • 1.9K
    Shares

    • images
    कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालका विभिन्न धर्मावलम्बीका धार्मिक स्थल तथा मन्दिरहरू समेटेर तयार गरिएको क्यालेन्डर डिजिटल माध्यमबाट उपलब्ध गराइएको बैंकले जनाएको छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत उक्त क्यालेन्डरमा समितिले निर्णय गरेका विभिन्न तिथि तथा पर्वहरू समावेश गरिएका छन्। बैंकले क्यालेन्डर डिजिटल रूपमा डाउनलोड गर्न सहज होस् भन्ने उद्देश्यले क्यूआर कोड सार्वजनिक गरेको छ। उक्त क्यूआर कोड बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध गराइएको छ।

    कामना सेवा विकास बैंकले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिँदै डिजिटल क्यालेन्डरको अवधारणा अघि सारेको जनाएको छ। बैंकका अनुसार, यसले ग्राहकहरूलाई आवश्यक तिथिहरू सजिलै पहुँचमा ल्याउन सहयोग पुर्‍याउनेछ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १३:१९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij