२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नबिल बैङ्कले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको पाँचौँ समूहका लागि आवेदन खुला गरेको छ। समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएको इच्छुक व्यक्तिहरूले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने छ।
यस कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेको छ भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुने नबिल बैङ्कले जानकारी दिएको छ। कार्यक्रममा सहभागिता हुनको लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता छ। कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्युआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुने छ। १८ दिनको निःशुल्क आवासीय तालिम र १ वर्षको परामर्श कार्यक्रम समावेश हेन् छ । हालसम्म ३ वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेको छ भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइ सकेको छ।
कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरू र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिने बैङ्कले जानकारी दिएको छ। नबिल बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम ३ वर्ष देखि सञ्चालन गर्दै आएको छ। नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ सय १७ उद्यम स्थापना भई १ हजार २ सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैङ्कले जनाएको छ।
बैङ्कले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij