२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ ।
महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यले रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरण सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।
महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने छ ।
महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरुकै नेतृत्वमा व्यवसाय संचालन भएको व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij