२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २०% लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १०% बोनस शेयर र १०% नगद (कर प्रयोजनका लागि) गरि कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । त्यसैगरी, कम्पनीले पुस १२ गते आइतबार कम्पनीको वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
मङ्सिर २८ गतेसम्र्म कायम भएका शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij