Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुलमानलाई किचकिच गरेर सरकारले गलत गर्दैछ : गगनकुमार थापा

कुलमानलाई किचकिच गरेर सरकारले गलत गर्दैछ : गगनकुमार थापा


  • 3.1K
    Shares

    • images
    कुलमानलाई किचकिच गरेर सरकारले गलत गर्दैछ : गगनकुमार थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारका कामको आलोचना गरेका छन् । गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको भन्दै महामन्त्री थापाले आलोचना गरेका हुन् ।

    उनले सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै कुलमानलाई किचकिच किचिकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए । सरकारलाई सुझाव दिँदै भने, ‘५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । कि राम्रो गर्नुस्, राम्रो नसके कम्तीमा नरोम्रो काम नगर्नुस् ।’

    तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ ।

    ‘ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरण छ । त्यसका प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण हामी सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि बेढंग हो,’ उनले भने, ‘ती व्यक्ति ३, ४ महिनापछि सेवा निवृत्त हुँदैछन् । सेवा निवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने । तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ । किचकिच किचकिच गरिरहेको देखिन्छ । यस्तो ठीक हुँदैन । उपयुक्त हुँदैन ।’

    महामन्त्री थापाले यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु नहुने बताए । ऊर्जा मन्त्रालय उनकै पार्टीका सांसद दीपक खड्काले नेतृत्व गरिरहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८१ शनिवार - १८:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij