Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चालक निदाउँदा टहरामा झरेको टिपरले लियो तीन जनाको ज्यान

चालक निदाउँदा टहरामा झरेको टिपरले लियो तीन जनाको ज्यान


  • 1.6K
    Shares

    • images
    चालक निदाउँदा टहरामा झरेको टिपरले लियो तीन जनाको ज्यान

    शुक्रबार बिहान सवा तीन बजेतिर काठमाडौँको साँखु नपुग्दै आउने सलम्बुटारमा चाबहिलबाट मेलम्चीतर्फ जाँदै गरेको बा २ क ६५८० नम्बरको टिपर सलम्बुटारको आश्रममा खस्यो। ६१ जना बस्ने आश्रमको एउटा टहरा टिपरले किच्दा तीनजनाको ज्यान लियो। ज्यान गुमाउनेमा २१ वर्षका आकाश, २१ वर्षकै सुमन र ४१ वर्षका हरिजन छन्। आकाश र सुमन बोल्न र सुन्न सक्दैनथे। हरिजन हिँड्न र राम्रोसँग बोल्न पनि सक्दैनथे। 

    उनीहरूको नाम र उमेर पनि वास्तविक होइन। नाम के हो, कहाँका हुन्, कसैलाई थाहा छैन। आश्रम सञ्चालक युवराज थापाले राखिदिएको नाम हो यो। उमेर पनि उनैले अनुमान गरेका हुन्।

    युवराजको आश्रममा यस्ता ५८ जना छन्। तीमध्ये तीनजनालाई शुक्रबार टिपरले किच्यो। टिपर चालक हुन् सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझी। उनलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ। 

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार चालक सागरले आफू निदाएकाले टिपर आश्रममा खसेको बताएका छन्। आश्रमनजिकै घुम्ती छ। घुम्तीमा मोडिनु पर्ने टिपर सिधै अगाडि बढ्दा बिजुलीको खम्बामा ठोकिएर टहरामा झरेको थियो। 

    टहराको त्यही कोठामा सुतेका थिए अरु ७ जना पनि। उनीहरू भने सकुशल रहेको आश्रम सञ्चालक युवराजले बताए। 

    प्रकाशित मिति :फाल्गुण २३ २०८१ शुक्रवार - २२:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij