२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । का.जि.का.म.न.पा–१५, मञ्जुश्री बजार स्थित प्राकृतिक विज्ञान संग्रहालयको सभाहलमा सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भु र प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भुको सयुक्त आयोजना भएको कार्यक्रममा सामुदायिक सेवा मञ्च स्वयम्भुका अध्यक्ष श्री राजु खरेल, महा–सचिव श्री सुरेन्द्र गौतम, प्रहरी वृत्त स्यम्भुका प्रहरी निरिक्षक सुरज बानिया, ट्राफिक प्रहरी वृत्त स्यम्भुका प्रहरी सहायक निरिक्षक चन्द्र देव गिरी, वरिष्ठ तथा जेष्ठ नागरिक समाजका पदाधिकारीहरु, मिलिजुली महिला समुह, क्लब, टोल सुधार समिति लगायतको उपस्थितिमा प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भुका प्रमुख डा.श्री इशान गौतम, सह–प्रमुख श्री बिमला शाक्य र श्री देवेन्द्र महर्जन बाट वन्यजन्तु ओसार पसार, बेचबिखन तथा वनस्पति संरक्षण, कानुनी दायित्व तथा भुमिका सम्बन्धी सचेतनामुलक प्रशिक्षण तथा प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान संग्रहालय र सामुदायिक प्रहरी सेवा केन्द्र—सामुदायिक सेवा मञ्चबीचको सहकार्यमा आज साइटिस अनुसूचीकृत नेपालमा पाइने केही वन्यजन्तु तथा वनस्पति एवं ट्याक्सिडर्मी सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij