Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

संसद्‍मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्‍यो ’

संसद्‍मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्‍यो ’


  • 2.2K
    Shares

    • images
    संसद्‍मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्‍यो ’

    काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि हो भने संसद् भनिदिन आग्रह गरेका छन् । कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

    उनले कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कनका लागि समयभित्र अनुरोध नै नगरेको र मन्त्रालयले पत्राचार गरेपछि आफूले आफैँलाई नम्बर दिएर पठाएको बताए । 
     
    ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाएका छन् । उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए । 

    उनले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गर्न निर्णय गरे पनि कुलमानले नटेरेको बताए । उनले प्राधिकरण अन्तर्गत कुलमानले नेतृत्व गरिरहेको २५ वटाभन्दा बढी संस्थाको विवरण समेत प्राप्त गर्न नसकिएको उनको भनाइ छ । 

    ‘हामीले ९ पटकसम्म लिखित अनुरोध गर्‍यौँ । उहाँले सुन्नुभएन, गर्नुभएन, अझै भन्ने हो भने टेर्नुभएन,’ ऊर्जामन्त्रीले भने, ‘उहाँले चाहिँ जे गरे पनि कानुन नलाग्ने हो रु हो भने भनिदिनुपर्‍यो ।’

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १४:५८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij