Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ


  • 2.0K
    Shares

    • images
    बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

    वालिङ । जबरजस्ती करणीको आरोपमा नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।

    कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको हो ।  

    पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण २२ २०८१ बिहिवार - १२:०६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij