Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भारतको उत्तराखण्डस्थित चमोलीमा हिमपहिरो : ४१ कामदार फसे, १६ को उद्धार

भारतको उत्तराखण्डस्थित चमोलीमा हिमपहिरो : ४१ कामदार फसे, १६ को उद्धार


  • 3.8K
    Shares

    भारतको उत्तराखण्डस्थित चमोलीमा हिमपहिरो : ४१ कामदार फसे, १६ को उद्धार
    images

    काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ कामदार फसेका छन् । यद्यपि, १६ कामदारको उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । अझै ४१ कामदार अलपत्र छन् ।

    शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । यसअघि चमोली जिल्ला मजिस्ट्रेट सन्दीप तिवारीले मिडियालाई भनेका थिए, “माना गाउँ र माना पास बीचको सीमा सडक नजिकै हिमपहिरो गएको रिपोर्ट आएको छ ।”

    उनले थप स्पष्ट पार्दै भने, “घटनास्थल नजिकै सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ कामदारहरू रहेको थाहा भएको छ । घटनामा मानवीय क्षतिको बारेमा हालसम्म कुनै जानकारी छैन ।”

    सेनाको टोली उद्धारको लागि घटनास्थलमा पठाइएको छ । “त्यहाँ पानी परिरहेको छ र हिउँ परिरहेको छ । त्यसैले, हामी हेलिकप्टर प्रयोग गर्न सकेका छैनौँ,” डीएम तिवारीले भने । बीबीसी हिन्दी

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १७:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij