२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयको ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको थियो । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिएका छन् ।
चालू आवको साउन महिनामा ७७.७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७.४५, कात्तिकमा ६८.७१, मंसिरमा ७६.६०, पुसमा ८६.३१, माघमा ७९.६५ तथा फागुन १५ गतेसम्ममा २५.७९ प्रतिशत राजस्व संकलन भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij