Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो

महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो


  • 1.5K
    Shares

    महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो
    images

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा आएका साधुसन्त बाबाहरुलाई बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले रुदाक्षको माला लगाइदिएर बाटोखर्चसहित बिदाइ गरेको हो ।

    महाशिवरात्रि पर्व २०८१ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए ।

    तीन हजार भन्दा बढी साधुसन्तहरुलाई श्रेणी छुट्याएर रकमसहित बिदा गरिएको हो । ती साधुसन्तहरुलाई कोषले ९ श्रेणी छुट्याएको थियो ।  बरिष्ठताको आधारमा श्रेणी छुट्याएर रुदाक्षको मालासहित बिदा गरिएको  प्रवक्ता अधिकारीले बताए ।  उनीहरुलाई  श्रेणी अनुसार  विभिन्न र‌ंगको कार्ड दिइएको थियो ।

    पहिलो श्रेणीका साधुसन्त अन्तर्गत सभापति, अखडाका संरक्षकलाई गुठीले ९ हजार र कोषले ४५ सय थपेर १३ हजार ५ सय रुपैयाँ दिएर बिदा गरेको छ ।

    psu baba1.JPG

    दोस्रो श्रेणीको श्री महन्त सेक्रेटटी, श्री महन्त थानापति, रम्तापेचका श्री महन्थलाई गुठीले ५१ सय, कोषले २५५० गरी ७ हजार ५५० रुपैयाँ दिएको थियो भने तेस्रो श्रेणीको धानापति, सेक्रेटरी, श्री दिगम्बर, मण्डल श्री महन्त, अष्टकौशल महन्तलाई ३६ सय गुठी र १८ सय कोषले गरी ४४सय दिइएको थियो ।

    त्यस्तै जमातीया महन्त, कोठारी, भण्डारी, पुजारी, कारोवारीलाई कोष र गुठी गरी ३६ सय, नागावावा, महन्त, अवधुतानीलाई २६ सय ५०, अवधुत (आधा सन्न्यास)लाई२४ सय, महापुरुषलाई १६५०, ब्रम्हचारी, भेषधारीलाई ८५१ र मगन्ते नारायनलाई ३ सय रुपैयाँ दिई बिदाइ गरिएको कोषले जनाएको छ ।

    baba3.JPG

    भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । 

    साधुसन्तको दक्षिणाका लागि ८ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । गत वर्षहरु भन्दा  यस वर्ष पशुपतिनाथमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ ।

     

    baba2.JPG

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १४:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij