Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

बसभित्र युवती बलात्कार गर्ने युवक सीसीटीभीबाट यसरी पत्ता लाग्यो

बसभित्र युवती बलात्कार गर्ने युवक सीसीटीभीबाट यसरी पत्ता लाग्यो


  • 2.5K
    Shares

    बसभित्र युवती बलात्कार गर्ने युवक सीसीटीभीबाट यसरी पत्ता लाग्यो
    images

    काठमाडौं । भारतीय प्रान्त महाराष्ट्रको पुणेमा बसभित्र युवतीलाई बलात्कार गरिएको घटनाका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

    गत मंगलबार पुणेस्थित बसपार्कमा बस कुरिरहेकी २६ वर्षीया युवतीलाई एक व्यक्तिले बसभित्र लगी बलात्कार गरेका थिए। सो घटना अनुसन्धानका क्रममा पुणे प्रहरीले बिहीबार राति दत्तात्रेय रामदास गडेलाई शिरुर तहसिलको एक गाउँबाट पक्राउ गरेको हो। 

    प्रहरीका अनुसार पीडित युवती मंगलबार पुणेबाट सतारा जिल्लाको फलटन जान बस खोज्दै थिइन्। बिहान करिब ५स्४५ बजे उनी स्वारगेट बसपार्कमा बसको प्रतीक्षामा थिइन्।

    त्यही बेला गडेले उनलाई मीठा कुरा गर्दै युवतीलाई विश्वासमा पारे र ‘फलटन जाने बस यहाँ होइन, अर्कै ठाउँमा पाइन्छ’ भनेर डिपोभित्रको एउटा खाली बसमा लगी बलात्कार गरे। त्यसपछि फरार उनलाई खोज्न पुणे प्रहरीले १३ टोली खटाएको थियो। 

    राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरका अनुसार अभियुक्तको पहिचान सीसीटीभी फुटेजबाट गरिएको हो। पुणेमा काम गर्ने पीडित युवतीले साथीको सल्लाहमा प्रहरीमा जाहेरी दिएकी थिइन्। 

     

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १३:३१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij