Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै कसरी भर्ने शेयर

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै कसरी भर्ने शेयर


  • 1.4K
    Shares

    • images
    सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै कसरी भर्ने शेयर
    images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपबाटै शेयर भर्न सकिने सुविधा ल्याएको छ ।  

    सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपबाट नै सी–आस्बा तथा सीआरएनको सुविधा उपलब्ध गराइरहेको छ ।  एप प्रयोगकर्ताहरूले शेयर भर्नका लागि छुट्टै माध्यमको प्रयोग गर्नु नपर्ने भएको छ । आफ्ना ग्राहकहरूलाई शेयर कारोबारमा थप सहज बनाउनका लागि बैंकले यस्तो सुविधा ल्याएको छ। बैंकको ग्राहकहरूले मोबाइल बैंकिङमार्फत नै आईपीओ, एफपीओ, राइट शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    शेयर भर्नको लागि डिम्याट खाता, मेरो शेयर खाता र बैंकमा खाता खोलेको हुनुपर्ने छ। डिम्याट खाता र मेरो शेयर खाता जुनसुकै स्थानबाट खोलेको भएपनि यसबाट भर्न मिल्ने सुविधा ल्याएको छ ।  खाता नै खोलिएको छैन भने बैंकबाटै खोलेर पनि भर्न सकिने व्यवस्था  छ ।

    शेयर भर्नका लागि ग्राहकले सबैभन्दा पहिले सिटिजन्स बैंकको मोबाइल बैंकिङमा रहेको माईआस्बामा जानु पर्ने हुन्छ, माईआस्बामा सीआरएन नम्बर रजिस्ट्रेसन वा लिंक गर्नुपर्ने हुन्छ । रजिस्ट्रेसन गरिसकेपछि त्यहाँबाट जुन कम्पनीको शेयर खुलेको छ त्यसमा आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ । शेयर अप्लाइ गरेको केहीबेरमै अप्लाइ भए र नभएको जानकारी समेत प्राप्त गर्न सकिने छ । 

     

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १३:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij