Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दक्षिण कोरियाको नयाँ प्रधानमन्त्रीमा किम नियुक्त

दक्षिण कोरियाको नयाँ प्रधानमन्त्रीमा किम नियुक्त


  • 9.6K
    Shares

    दक्षिण कोरियाको नयाँ प्रधानमन्त्रीमा किम नियुक्त

    दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बो क्युम नियुक्त भएका छन् । राष्ट्रपति मुन जे इनले नयाँ प्रधानमन्त्रीको रुपमा किमलाई नियुक्त गरेका हुन् । 

    यसअघि चार पटकसम्म विधायक रहिसकेका किम पूर्व आन्तरिक मन्त्रीसमेत हुन् । सन् २०१७ को मेमा राष्ट्रपति मुन नेतृत्वमा सरकार बनेयता दक्षिण कोरियामा तेस्रो प्रधानमन्त्री बन्न लागेका हुन् । 

    मुनको कार्यकालमा किम तेस्रो प्रधानमन्त्री बन्न लागेका हुन् । अब किमलाई संसदले प्रधानमन्त्रीमा पारित गरेपछि मात्रै उनले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । 

    राष्ट्रपति मुनले प्रधानमन्त्रीसँगै ५ जना मन्त्रीहरु र राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ता पनि नियुक्त गरेका छन् । मुनले भूमि, श्रम, उद्योग, विज्ञान र समुद्र मन्त्रीसमेत नियुक्त गरेका छन् । 

    जसअनुसार लिम हे सुक विज्ञानमन्त्री, मुन सङ उक उद्योगमन्त्री, एन क्युङडुक श्रममन्त्री, नो ह्योङ उक भूमिमन्त्री र पार्क जुन योक समुद्रमन्त्री नियुक्त भएका छन् । 

    राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ताको जिम्मेवारी पार्क क्युङ मीले पाएका छन् । यसअघि दक्षिण कोरियाको प्रधानमन्त्री चुङ से क्युन रहेका थिए । एजेन्सी

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १३:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij