Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैशाख २० सम्म सबै परिक्षा सम्पन्न गराउन वीरगंज महानगरपालिकाको निर्देशन

वैशाख २० सम्म सबै परिक्षा सम्पन्न गराउन वीरगंज महानगरपालिकाको निर्देशन


  • 6.9K
    Shares

    वैशाख २० सम्म सबै परिक्षा सम्पन्न गराउन वीरगंज महानगरपालिकाको निर्देशन

    वीरगंज । प्रदेश २ को एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगंज महानगरपालिकाले वैशाख २० गतेसम्म एसइइ बाहेक कक्षा ८ को  जिल्ला स्तरीय र अन्य तहको अन्तिम परिक्षा सम्पन्न गराउन निर्देशन दिएको छ ।

    वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंज महानगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी र निजी विद्यालयहरुलाई यस्तो निर्देशन दिइएको बताए । कोरोना महामारीमा अहिलेको समयमामा पर्सा–बारासहित मुलुकका १४ वटा जिल्लालाई स्वास्थ्य मन्त्रालयले अति प्रभावित जिल्लाको रुपमा वर्गिकरण गर्दै अभिभावकलाई आफना बालबालिकालाई विद्यालय नपठाउन अपिलसमेत गरेको अवस्थामा शिक्षा मन्त्रालय अहिले पनि ठोस निर्णय गर्न सकेको छैन ।

    यसअघिको शिक्षा मन्त्रालयको छलफलले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा अधिकार सुम्पेको छ । तर नेपालको प्रमुख प्रवेशद्वार वीरगंज भएको र भारतमा कोरोना महामारी तीव्र गतिमा बढिरहेको अवस्थामा अहिले पनि वीरगंज महानगरले विद्यालय बन्द नगरेको दुखद कुरा भएको नेपाल शिक्षक महासंघ वीरगंज महानगर कमिटिका अध्यक्ष विनोद मेहताले गुनासो गरे ।

    उनले पर्सामा भेटिएको १३४ जना सक्रिय संक्रिमित मध्ये १० जना बालबालिका रहेको र कोरोना नियन्त्रण बारे स्वास्थ्य मन्त्रालयको अपिललाई सम्मानको साथ कार्यान्वयन गर्नू पर्नेमा उल्टै परिक्षा लिएर बस्ने निर्देशनले निजि विद्यालय सञ्चालकसंगको महानगरको स्वार्थ जोडिएको हुन सक्ने उनले आरोप लगाए । विद्यालय बन्द गर्दा शैक्षिक सत्र तथा अन्तिम परिक्षा प्रभावित हुने भएकोले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै महनगरले विद्यालय बन्द हालसम्म नगर्ने अडान लिइएको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १२:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij