Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

राष्ट्रहितविपरीतका गतिविधि नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष प्रचण्ड

राष्ट्रहितविपरीतका गतिविधि नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष प्रचण्ड


  • 5.2K
    Shares

    राष्ट्रहितविपरीतका गतिविधि नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै राष्ट्रहितविपरीतका गतिविधिहरू भइरहेको आरोप लगाएका छन् ।

    यसबाट नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको उनको टिप्पणी छ । वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले भने, ‘देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् ।

    उनीहरूको नेपाल र नेपालीविरुद्ध षडयन्त्र चलि नै रहेको छ । हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्धकी राख्ने, राष्ट्रहितविपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरू लागेका खबर आएका छन् । यसले नेपाली जनताको इज्जत, प्रतिष्ठा र आत्मसम्मान तथा राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ ।’

    प्रचण्डले सचेत र स्वस्थ, बलिष्ठ नेपाली जनतालाई यी सबै षडयन्त्र स्वीकार्य नभएको बताए ।

     

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १२:२४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij