Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने महानगरको निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने महानगरको निर्णय


  • 9.8K
    Shares

    कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने महानगरको निर्णय

    काठमाडौँ । कुनै पनि शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्न सकिने जनाएको हो । कोरोना संक्रमण बढ्दै गएकाले संक्रमण देखिएको खण्डमा तत्कालै एक हप्ताका लागि विद्यालय बन्द गर्न सकिने महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

    संक्रमण बढ्दै गएपछि अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई भएकाले संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न आग्रह गरेको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १२:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij