Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने महानगरको निर्णय

कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने महानगरको निर्णय


  • 10.5K
    Shares

    कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने महानगरको निर्णय

    काठमाडौँ । कुनै पनि शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्न सकिने जनाएको हो । कोरोना संक्रमण बढ्दै गएकाले संक्रमण देखिएको खण्डमा तत्कालै एक हप्ताका लागि विद्यालय बन्द गर्न सकिने महानगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

    संक्रमण बढ्दै गएपछि अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्न थालेका छन् । शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई भएकाले संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न आग्रह गरेको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - १२:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij