२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे ३ अर्ब रुपियाँको २ वटा बचतपत्र निष्कासन गरेको छ। ३ अर्बको ‘नागरिक बचतपत्र–२०८६ र ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र २०८६ सार्वजनिक गरिएको छ।
नागरिक बचतपत्र २०८६ को ब्याजदर ७ प्रतिशत तोकिएको छ भने बचतपत्र नेपाली तथा गैरआवासीय नेपाली नागरिकहरुले खरिद गर्न सक्ने छन्। बचतपत्रमा पनि ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने भएको छ।
वैदेशिक रोजगार बचतपत्र २०८६ मा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक वा गैरआवासीय नेपालीहरुले खरिद गर्न पाउने छ भने बचतपत्र ८.५ प्रतिशत ब्याजदरका साथ जारी गरिएको छ। सहभागी हुनको लागि व्यक्तिहरूले ६ महिनाभित्र रोजगारीबाट फर्केको हुनु पर्ने छ। बचतपत्रमा ब्याज अर्धवार्षिक रूपमा प्राप्त गर्न सकिने छ।
इच्छुक व्यक्तिहरूले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न सक्ने छन्। बचतपत्र फागुन १५ गतेदेखि चैत १५ गतेसम्म आवेदन दिन सकिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij