Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिकोत्सव सम्पन

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिकोत्सव सम्पन


  • 1.9K
    Shares

    • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३९औं वार्षिकोत्सव सम्पन
    images

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३९औं वार्षिकोत्सव सम्पन गरी ४० औं वर्षमा प्रवेश गरेको छ । 

    यही अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालाहरूलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । ३९औं वार्षिकोत्सवमा पनि बैंकले आफ्नो सातौं सँस्करण, डिजिटल बैंकिङको जादुु नामक चित्र पुस्तक सार्वजनिक गरेको हो ।

    चित्रकथाको एउटा महत्त्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनुको साथै अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न प्रेरित गराउनु रहेको बैंकले जनाएको छ ।​ ३९औं वार्षिकोत्सवको अवसरमा बैंकले नयाँ बचत खाता नवआयाम बचत खाता’ ल्याएको हो। 

    नवआयाम बचत खाता ग्राहकले रु.३९ मौज्दात मै खोल्न सक्ने छ भने रु.३९ मा भर्चुअल प्रिपेड कार्ड सुविधा, रु.३९ मा डेबिट कार्ड सुविधा, यसमा रु.३९ मा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, रु.३९ मा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :फाल्गुण १४ २०८१ बुधवार - १३:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij