Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


  • 8.8K
    Shares

    हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

    कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी-१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको हो । 

    इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोशी ब्यारेकको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएका नारायणलाई आज बिहान हात्तीले आक्रमण गरेको थियो ।

    हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि घटनास्थलमा आरक्षका रेञ्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताउनुभयो ।

    साथै, शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :बैशाख ३ २०७८ शुक्रवार - ११:४९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij