Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

विवाह गरेको ३७ वर्षपछि डिभोर्स गर्दै गोविन्दा र सुनीता आहूजा?

विवाह गरेको ३७ वर्षपछि डिभोर्स गर्दै गोविन्दा र सुनीता आहूजा?


  • 3.6K
    Shares

    विवाह गरेको ३७ वर्षपछि डिभोर्स गर्दै गोविन्दा र सुनीता आहूजा?

    बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहूजाको डिभोर्सको चर्चा चलेको छ। 

    गोविन्दाको एक्स्ट्रा म्यारिटल अफेयरका कारण उनीहरूको डिभोर्स हुन लागेको बताइएको छ। उनीहरूले विवाह गरेको ३७ वर्षपछि डिभोर्स गर्न लागेका हुन्। तर यस मामिलामा दुवैजनाले केही बताएका छैनन्। भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार गोविन्दा ३० वर्षकी एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा छन्। 

    गोविन्दा र सुनीताको डिभोर्स प्रक्रिया अन्तिम चरणमा छ। यस विषयमा गोविन्दाका भान्जा कमेडियन कृष्णा अभिषेकले भने, 'यो सम्भव छैन। उहाँहरू आपसमा सबै सम्हाल्नु हुन्छ। उहाँहरू डिभोर्स लिनुहुन्न। मलाई थाहा छैन उहाँहरूबीच के भयो। यति वर्षदेखि उहाँहरूसँगै बसिरहनु भएको छ। उहाँहरू एक अर्कालाई निकै माया गर्नुहुन्छ। त्यसैले उहाँहरूले डिभोर्स लिनुहुन्छ जस्तो लाग्दैन।'

    गोविन्दा र सुनीताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १९:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij