Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो

प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो


  • 2.0K
    Shares

    प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
    images

    काठमाडौैं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै रु २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।

    भन्सार छलिका मालसामान बरामदबाट रु १६ करोड २७ लाख राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट रु नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट रु एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताए । उनका अनुसार स्रोत नखुलेको रकम रु ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा रु २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट रु आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट रु १५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १५:४४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij