Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

समाचार

मौद्रिक समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकमा बोर्ड बैठक बस्दै

मौद्रिक समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकमा बोर्ड बैठक बस्दै


  • 1.8K
    Shares

    मौद्रिक समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकमा बोर्ड बैठक बस्दै
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    मङ्गलवार साँझसम्म समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘मौद्रिक नीति समीक्षा पारित गर्न आज साँझ सञ्चालक समितिको बैठक बस्दैछ । सम्भवतः आजै समीक्षा सार्वजनिक हुनसक्छ’, स्रोतले भन्यो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीति समीक्षा हो । उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ ।

    आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको कसरतमा रहेका गभर्नर अधिकारीले ठूलो नीतिगत परिवर्तन नगर्ने तयारीको रहेको समेत स्रोतले जनाएको छ ।

    गभर्नर अधिकारीले मौद्रिक नीति समीक्षाबारे मङ्गलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग समेत छलफल गरिसकेको स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - १३:५०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij