Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै


  • 1.4K
    Shares

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै
    images

    काठमाडौं ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गरी आजै सार्वजनिक गर्नेगरी तयारी गरिएको हो ।

    यसका लागि आज बेलुकी सञ्चालक समितिको बैठक बोलाइएको एक अधिकारीले जानकारी दिए । मौद्रिक नीतिको प्रत्येक त्रैमासमा समीक्षा हुने व्यवस्था छ । प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

    यस अनुसार बिहीबारसम्ममा समीक्षा सार्वजनिक गर्नुपर्ने थियो । बुधबार बिदा भएका कारण आज नै समीक्षा गर्न लागिएको ती अधिकारीले बताए । मौद्रिक नीतिको समीक्षा गर्ने भए पनि यस पटक पनि ठुलो नीतिगत परिवर्तन हुनसक्ने सम्भावना नरहेको स्रोतले जानकारी दियो ।

    गभर्नर महाप्रसाद अधिकारीले गर्ने अन्तिम नीतिगत निर्णयको रुपमा लिइएको यो समीक्षामा गभर्नर अधिकारीले केही सहुलियतका कार्यक्रम घोषणा गर्छन् भन्ने अपेक्षाबिच ठुलो नीतिगत परिवर्तन नहुने अवस्था रहेको बताइएको हो । राष्ट्र बैंकले पहिलो त्रैमासमा पनि राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन गरेको थिएन ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८१ मंगलवार - ११:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij