२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाल बैँकले चैत ६ गते साधारण गर्ने भएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा बस्ने भएको छ । यस वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क रहेको छ । बैङ्कले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ ।
साधारण सभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको हो । बैङ्कले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय गरेका छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij