Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पनौती-काठमाडौं खण्डमा इभी माइक्रो सञ्चालन

पनौती-काठमाडौं खण्डमा इभी माइक्रो सञ्चालन


  • 1.2K
    Shares

    पनौती-काठमाडौं  खण्डमा इभी माइक्रो सञ्चालन

    काठमाडौं । काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ ।

    यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।

    खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा इभी माइक्रो सञ्चालन उद्घाटन गरे। “हाल दुई रुटबाट पाँच९पाँच वटा इभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ”, उनले भने ।

    पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको इभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।

    प्रकाशित मिति :फाल्गुण १२ २०८१ सोमवार - १२:५४:२३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij