२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालनमा आएको छ।
बैंकले फागुन ८ गते फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३० औं र फागुन ९ गते फुङ्लिङ नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१ औं शाखाको औपचारिक उद्धघाटन गरेको हो ।
कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो। फिदिम र फुङ्लिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ।
एभरेष्ट बैंकका शाखाहरूको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij