Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै


  • 1.2K
    Shares

    • images
    एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै
    images

    काठमाडौं ।  ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक । बैंकले १० वर्ष अवधिकोमा एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको छ ।

    बैकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको छ । १८ इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ । १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ भने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको  छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।

    ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछ ।  माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - ११:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij