Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भन्सार विभागको तथ्यांक

अर्थतन्त्र चलायमान भएको संकेत, निर्यात ४६ प्रतिशतले बढ्यो

अर्थतन्त्र चलायमान भएको संकेत, निर्यात ४६ प्रतिशतले बढ्यो


  • 1.3K
    Shares

    अर्थतन्त्र चलायमान भएको संकेत, निर्यात ४६ प्रतिशतले बढ्यो
    images

    काठमाडौं । नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा निर्यात ४६.५० प्रतिशतले बढेको हो ।

    भन्सार विभागका अनुसार चालू आवको सात महिनामा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४६.५० प्रतिशत बढी हो । त्यसबेला ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

    चालू आवको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.०९ प्रतिशत बढी हो । सो अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ११ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्मको अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

    यस अवधिमा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२० प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०८१ बिहिवार - १४:३०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij