Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज कुन विदेशी मुद्राको भाउ कति ?

आज कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.4K
    Shares

    आज कुन विदेशी मुद्राको भाउ कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । 

    यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा तय गरिएको छ । 

    अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३१ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ ।

    हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

    Screenshot_2025-02-19_044902_cdIH8pqRZE.png

    प्रकाशित मिति :फाल्गुण ७ २०८१ बुधवार - ०८:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij