Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता


  • 1.3K
    Shares

    • images
    सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता
    images

    काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

    उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ ।

    यस साझेदारीले सानिमा बैंकको Trade Finance Service लाई महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यस साझेदारीले नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो ऊर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ । यो प्रयास Fossil Fuel मा निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासहरूमा केन्द्रित छ ।

    सानिमा बैंकले स्वच्छ ऊर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०८१ मंगलवार - १७:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij