Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर

मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर


  • 2.8K
    Shares

    मस्कले रोकिदिए नेपालले पाउने झण्डै ४ करोड डलर
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ । यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ । 

    वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो । माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)ले आइतबार गरेको एउटा पोष्टका अनुसार यो रकम रोकिएको छ । यसबाहेक, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिँदै आएको १ करोड ९० लाख डलर पनि बन्द गरेको पोष्टमा उल्लेख छ । पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ ।

     

    ट्रम्पले सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका थिए । यो विभागको काम अमेरिकी सरकारको खर्च कटौती हो । ट्रम्पले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई यस विभागको प्रमुख बनाएका छन् । मस्कले यतिबेला विश्वभरि हुने हरेक अमेरिकी खर्च गम्भीरतापूर्वक जाँचिरहेका छन् । सरकारको नीति अनुसार यसबारे निर्णय लिइरहेका उनले बताएका छन् । अमेरिकी करदाताको पैसा खर्च भइरहेका कुरा खारेज गरिएको मस्कले एउटा पोष्टमा सूचि लेखेका छन् । यसलाई उनले अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको अंश भनेका छन् ।

    यस्तै डजको यो निर्णयले भारतको चुनावी प्रक्रिया र राजनीतिक स्थिरता सुधार गर्ने उद्देश्यले गरिएका प्रमुख प्रयासहरूलाई असर गर्ने बताइएको छ । बजेट कटौती नगरे अमेरिका टाट पल्टिने मस्कले बारम्बार भन्दै आएका छन् । मस्कको पछिल्लो निर्णयले भारतलाई दिइने सहयोगमा ठुलो कटौती हुनेछ । अमेरिकाले भारतको चुनावमा मतदाता सहभागिता बढाउन २ करोड १० लाख डलर (१ अर्ब ८२ करोड भारु) दिँदै आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रमपसँग भेटेको केही दिन पछि यो निर्णय आएको हो । 

    यस भेटघाटमा दुवै नेताले अमेरिका–भारत सम्बन्धलाई सुदृढ पार्न महत्त्वपूर्ण घोषणाहरू गरेका थिए । मस्कको यस निर्णयले नेपाल पनि प्रभावित भएको छ । बंगलादेशलाई ठुलो धक्का लागेको छ । मस्कले बंगलादेश र नेपालले पाउँदै आएको ठुलो सहयोग रोकेका छन् । अमेरिकी सरकारले बंगलादेशमा राजनीतिक स्थिरता प्रवर्द्धन र लोकतान्त्रिक शासन सुदृढ गर्न २ करोड ९० लाख डलर सहायता दिँदै आएको थियो । 

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १६:४५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij