Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिर्सिया भन्सारमा ९३ प्रतिशत राजस्व सङ्कलन

सिर्सिया भन्सारमा ९३ प्रतिशत राजस्व सङ्कलन


  • 1.4K
    Shares

    सिर्सिया भन्सारमा ९३ प्रतिशत राजस्व सङ्कलन
    images

    काठमाडौं । वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्वमा  सुधार आएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ। 

    साउन महिनाका लागि भन्सार विभागले रु चार अर्ब ७३ करोड ३१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकामा कार्यालयले रु तीन अर्ब ७५ करोड २२ लाख सङ्कलन गरेको थियो । माघका लागि रु चार अर्ब ६२ करोड ४८ लाख लक्ष्य, रु चार अर्ब २९ करोड ९२ लाख सङ्कलन गरेको कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिए। पछिल्लो केही महिनादेखि सुधार हुँदै गएकाले राजस्व सङ्कलनमा पनि सुधार देखिएको बताएका छन् ।

    चालु आर्थिक वर्षका सात महिनामा लक्ष्यको ८२ प्रतिशत र वार्षिक लक्ष्यको ४६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ। वर्षभरिका लागि भने रु ६० अर्ब चार करोड ८७ लाख लक्ष्य दिएको छ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १५:१७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij