Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वाणिज्य बैंकहरूको निक्षेप ५९ खर्ब, रेसियो र कर्जा कति ?

वाणिज्य बैंकहरूको निक्षेप ५९ खर्ब, रेसियो र कर्जा कति ?


  • 1.2K
    Shares

    • images
    वाणिज्य बैंकहरूको निक्षेप ५९ खर्ब, रेसियो र कर्जा कति ?
    images

    काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । यस्तो निक्षेप गत आवको असार मसान्तसम्म ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो ।

    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तो कर्जा प्रवाह गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७१ अर्ब रुपैयाँ गरेको  थियो ।

    वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । यस बैंकले माघ मसान्तसम्ममा ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो ।

    बैंकहरुमा कुमारी बैंकले ३ खर्ब ६१ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ४७ अर्ब रुपैयाँ, नेपाल बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ र हिमालयन बैंकले ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

    नबिल बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ,  राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रुपैयाँ, एभरेष्ट बैंक २ खर्ब ६१ अर्बरुपैयाँ संकलन गरेको छ । 

    कृषि विकास बैंकको २ खर्ब ५६ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ खर्ब ३८ अर्ब रुपैयाँ, सानिमा बैंकको २ खर्ब १३ अर्ब रुपैयाँ र सिटिजन्स बैंकले २ खर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

    गत आर्थिक वर्षको असार मसान्तको तुलनामा एनआइसी, सिद्धार्थ र प्रभु बैंकको निक्षेप संकलन घटेको हो ।

    चालू आर्थिक वर्षको माघ मसान्तसम्म एनआइसी एशिया बैंकले ३ खर्ब २ अर्ब रुपैयाँ, प्रभु बैंकले चालू आवको माघ मसान्तसम्म आइपुग्दा ३ खर्ब ९ अर्ब रुपैयाँ,चालू आवको माघसम्म यस बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेको छ । 

    माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत छ ।

    सानिमा बैंकको ८०.९२ प्रतिशत, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, एनआईसी एसिया बैंकको ८३.०७ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, एनएमबि बैंकको ८३.६२ प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत रहेको छ ।

    प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत, कृषि विकास बैंकको ७५.४३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत,  सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, सिद्धार्थ बैंकको ८५.०२ प्रतिशत, प्राइम कमर्सियलको ८५.७७ प्रतिशत, नेपाल बैंकको ७३.६९ प्रतिशत रहेको छ । 

    प्रकाशित मिति :फाल्गुण ४ २०८१ आइतवार - १४:४२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij