२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अमेरिकी डलरसहितका केही मुद्रा भने सस्तिएका छन्। दुई दिन एउटै मूल्यमा स्थिर रेको अमेरिकी डलरको मूल्य आज घटेको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा थियो। यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया ०७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ७० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ५६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ १९ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०२ पैसा थियो।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij