२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको अवधिमा माघ मसान्तसम्म आइपुग्दा २८ अर्ब ७८ करोड ६७ लाख ७४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
आगामिको वर्षको तुलनामा भने ४.५३ प्रतिशत धेरै भएको छ । गत वर्षको १० महिनामा पनि २७ अर्ब ५३ करोड ८८ लाख २६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।
१० महिनामै साढे २८ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । विभागका अनुसार १० महिनामा ४६० वटा परियोजनाका लागि सो रकम बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । स्वचालित प्रणालीबाट १७५ परियोजनाका लागि २ अर्ब ६२ करोड ८२ लाख ५७ रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएको थियो । अप्रुभल रुट मार्फत २११ वटा परियोजनका लागि २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको हो ।
विभागका अनुसार १० महिनामा चार वटा ठुला उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता ७६ वटा मध्यम खालका उद्योगका लागि र ३७५ वटा साना उद्योगका माघ महिनामा मात्रै १ अर्ब १५ करोड ७४ लाख ९५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता, पुस महिनामा मात्रै ३ अर्ब ११ करोड ५७ करोड ५६ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता, मंसिरमा मात्रै २ अर्ब ५१ करोड ७३ लाख ५० हजार रुपैयाँको ६७ उद्योगका लागि, कात्तिकमा २ अर्ब २४ करोड ३७ लाख ९६ हजार रुपैयाँ, असोजमा ३ अर्ब ९७ करोड ६३ लाख, भदौमा ४ अर्ब ११ करोड ६६ लाख ५० हजार र साउनमा ९ अर्ब ४६ करोड ४५ लाख ७२ हजार बराबरको लगानी प्रतिवद्धता आएको थियो ।
हालसम्म भने कुल ५ खर्ब ४६ अर्ब ६० करोड ४२ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij