Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

फागुन महिनामा वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैँकको कति?

फागुन महिनामा वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैँकको कति?


  • 1.9K
    Shares

    • images
    फागुन महिनामा वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैँकको कति?
    images

    काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर विवरण सार्वननिक गरेको छ । बुधबार प्रकाशित सूचना अनुसार अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता भएको छ ।

    व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर रहेको छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ भने माघमा पनि ६.० प्रतिशत नै थियो । २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर हुन पुगेको छ। 

    एनआईसी एसिया बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत, ग्लोबल आईएमई बैंकले फागुन महिनामा महिनामा बैंकले साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत, कुमारी बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

    नबिल बैंकले फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत, प्रभु बैंकले आगामी महिना बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत, सानिमा बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको छ । 

    लक्ष्मी सनराइज बैंकले यसपटक व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत, माछापुच्छ्रे बैंकले फागुनमा साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत नेपाल बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३।०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट  मेगा बैंक फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा  ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिने जनाएको छ ।
     
    नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत, कृषि विकास बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत सिटिजन्स बैंकले आगामी महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर तोकेको छ । 

    प्राइम कमर्सियल बैंकले फागुन महिनाका लागि पनि ब्याजदर यथावत राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत, एभरेस्ट बैंकले फागुन महिनाका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत हिमालयन बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    सिद्धार्थ बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

     

    प्रकाशित मिति :माघ ३० २०८१ बुधवार - १३:११:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij