२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकहरूबाट ६० अर्ब रूपैयाँ तान्दै छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बाकि रकम राष्ट्र बैंकमा राख्ने प्रकिया छ।
बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्। निक्षेप झिक्न आउने सर्वसधारण लगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस् भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्।
यसअघि माघ २७ गते राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ खिच्न खोज्दा बैंकहरूले भने ४३ अर्ब ५० करोड रूपैयाँ राख्न खोजेका थिए। बैंकहरूले ३० अर्ब रूपैयाँ औसत २.९९९५ प्रतिशत ब्याजदरमा राखेका छन्। माघ २९ गतेसम्म राष्ट्र बैंकमा विभिन्न उपकरणबाट तानिएको बैंकहरूको दुई खर्ब ५० अर्ब रूपैयाँ फिर्ता बाँकी देखिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij