२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा आह्वान गरेका हुन् । १९ वटा बैंकले वर्षको साधारणसभा बोलाएका छ । १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी रहेको छ ।
साधारणसभा हुन बाँकी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छ । नेपाल बैंकले भने साधारणसभा बोलाएको छैन । यो वर्ष सबै वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गर्दा ११ बैंकले लाभांश घोषणा गरेको छ ।
९ वाणिज्य बैंकले लाभांश दिन सकेनन् । लाभांश दिन नसक्ने बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।
गत वर्ष आठ बैंकले लाभांश दिएका थिएन ।लाभांश नदिने बैंकहरु नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र सिटिजन्स बैंक रहेको छ ।
पोहोर लाभांश दिन नसकेका कृषि विकास, प्राइम र सिटिजन्स बैंकले लाभांश दिएको छ । पोहोर लाभांश दिएर यो वर्ष दिन नसक्नेमा राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईशी एशिया, र माछापुच्छ्रे बैंक रहेको छ । दुवै वर्ष लाभांश दिननसक्ने बैंकहरु सिद्धार्थ, नेपाल एसबीआई, लक्षी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सानिमा, ग्लोबल आईएमई र एभरेष्ट बैंक रहेको छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij