Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

संसद् बैठक

आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो ? : शिशिर खनाल

आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो ? : शिशिर खनाल


  • 2.1K
    Shares

    आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो ? :  शिशिर खनाल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्न सकेको भन्दै प्रश्न गरेका हुन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियु नेतालाई प्रहरीले अनुसन्धानको हिम्मत नगरेको बताएका हुन्।

    ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत पनि गरेनछ,’ उनले भने।

    अनेरास्ववियुका नेतालाई प्रहरीले अनुसन्धान गर्ने आँट नगरेकोले क्याम्पसमा पढ्ने वातावरण पनि नहुने देखिएको अस्कलका विद्यार्थीको भनाइ रहेको पनि उनले उल्लेख गरेका छन्।

    अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीमाथि अनुसन्धान नगरेको प्रहरीमाथि आरोप छ। माघ २४ गते प्रहरीमाथि आक्रमणमा संलग्न रहेका अनेरास्ववियुका दुई जना पक्राउ परे पनि जोशी पक्राउ परेका छैनन्।

    सत्ता टिकाउने बाहनामा प्रहरीले अनेरास्ववियुका नेतालाई अनुसन्धान नगरेको आरोप सांसद खनालको छ। तर अभद्र व्यवहार भनेर आशिका तामाङलाई १५ दिनसम्म हिरासतमा राखेको उनको भनाइ छ।

    दलीय विद्यार्थी संगठनका विद्यार्थीलाई मात्रै यो देश सुरक्षित छ भन्ने सन्देश दिन खोजेको हो भन्ने प्रश्न पनि उनले सत्तारूढ दलका नेताहरूलाई सोधेका छन्।

    उनले आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो जबाफ दिनुपर्ने पनि बताएका छन्।

    प्रकाशित मिति :माघ २९ २०८१ मंगलवार - १३:५५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij