२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न चार वटा कम्पनीहरूको सेयर आज माघ २९ गतेदेखि सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि बिक्रीमा राखेको छ ।
सीआईटीको सेयर किन्दा घटीमा १० हजार कित्ता र अन्य सबै कम्पनीको सेयर किन्दा घटीमा ५ हजार कित्ता किन्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ता किन्न सकिने व्यवस्था गरिएको छ।
सेयर किन्न इच्छुक र योग्य लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij