Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन : गगन थापा

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन : गगन थापा


  • 2.2K
    Shares

    निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन : गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने जिकिर गरे ।

    ‘०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनैपनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन,’ महामन्त्री थापाले भने ।

    निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको पनि उनले जानकारी गराए ।

    ‘त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन,’ महामन्त्री थापाले भने ।

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १७:१२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij