२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिंकाश सुचकहरुमा सुधार देखिएको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०६.६२ प्रतिशत बढी हो। गत वर्षको यसैअवधिमा संस्थाले १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ३२.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष प्रतिसेयर १९.२२ रुपैयाँ थियो। पीई रेसियो ४०.९१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१९.६७ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij