२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट (एफपिओ) निष्कासन गर्ने अनुमति पाएको छ।
कम्पनीले १०० रूपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपिओ निष्कासन गर्ने अनुमति पाएको हो। कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तहरूले एफपिओ जारी गर्न लागेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij