२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।
जनकपुरमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म जनता समाजवादी पार्टी नेपाल अध्यादेशबारे अडानमै रहेको बताउँदै उनले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने दाबी गरेका हुन् ।
‘जसपा अध्यादेशबारे अहिलेसम्म अडिएको छ । मलाई जहाँसम्म लाग्छ उहाँहरु खाली सरकारको निम्ति जानुहुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘उहाँहरुले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारिन नहुने स्थिति बन्दैछ ।’
अहिले संसदमा पेस भएका अध्यादेशहरु अघि बढ्न नसकी रोकिएको बताउँदै प्रचण्डले सरकारसँग दुई तिहाइ नभएको पनि पुष्टि भएको बताए । ‘अहिले अध्यादेश प्रस्तुत भएपछि रोक्नुपर्ने बाध्यता के भयो भने उनीहरुसँग दुई तिहाई छैन भन्ने देखिंदैछ’, उनले थपे, ‘त्यसकारण बहुमत पुर्याउन पनि उनीहरुलाई गाह्रो भाछ, राष्ट्रिय सभामा ।’
उनले संसद बोलाउनुभन्दा केही दिनअघि मात्रै अध्यादेश ल्याउनु नै गलत भएको बताउँदै भूमिसम्बन्धी अध्यादेश झन् गलत भएको बताए । संसद बोलाउने बेला अध्यादेश ल्याउनुले सरकार कति कमजोर छ भन्ने पनि प्रमाणित भएको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij