Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो

माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो


  • 1.7K
    Shares

    माओवादीबाट तीन जना पदमुक्त, वैकल्पिक केन्द्रीय सदस्य थपियो
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दलमायाँ रोका निष्क्रिय रहेको भन्दै पार्टीले पदमुक्त गरेको हो । 

    यसैगरी अर्का नेता केशव कुँवर बैदेशिक रोजगारीमा गएसँगै उनलाई पनि पदमुक्त गरिएको माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ । 

    यसैगरी गण्डकी प्रदेशअन्तर्गतकै रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको छ ।   

    यसैगरी पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । यस्तै  वीरेन्द्र बस्नेत झापा०लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

    यस्तै अरुण पीडित भण्डारी (चितवन)लाई केन्द्रीय आयोगमा जिम्मा दिने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ । यसैगरी केन्द्रीय समिति सदस्य रामलाल बिक पेसामा रहेकाले उक्त रिक्त स्थानमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला)लाई मनोनयन गरिएको छ ।

    प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ भने पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश कार्यालयको सिफारिसअनुसार प्रदेश समितिमा १७ जना  र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनयन गरिएको माओवादीले जनाएको छ ।  

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - ११:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij