Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि

जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि


  • 1.4K
    Shares

    जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको छ । यसअघि फागुन १८, १९ र २० गते काठमाडौंमा बस्नेगरी बोलाइएको बैठकको मिति परिवर्तन गरी एक दिन अघि सारिएको हो ।

    प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समय परिवर्तन गरी फागुन १८, १९ र २० गते काठमाडौंमा बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको जानकारी दिए । बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा हुनेछ ।

    यस्तै, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने जसपाले जनाएको छ । वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले जानकारी दिए ।

    प्रकाशित मिति :माघ २८ २०८१ सोमवार - १०:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij